• info@orchidcarehome.com.np, orchidcarehome@gmail.com
  • 01-4390919
‘स्याहार–सुसारसहितको उपचार अर्किड केयरमा’ के-के छन त सुविधा ?
Orchid Care Home

‘स्याहार–सुसारसहितको उपचार अर्किड केयरमा’ के-के छन त सुविधा ?

काठमाडौं, असोज १७ । अर्किड केयर होम प्रा.लि.ले अशक्त, विरामी र नियमित स्याहार–सुसार गर्नुपर्ने वृद्धावस्थाका व्यक्तिहरूलाई सम्बन्धित विशेषज्ञ चिकित्सक तथा केयर टिमको निगरानीमा राखी उपचार र स्याहार–सुसारको सेवा दिईरहेको छ । का.म.पा.मा रहेको ‘अर्किड केयरले पाँचवर्ष अघिदेखि अशक्त, विरामीको लागि सेवा प्रदान गर्दै कठिन परिस्थितिमा सहयात्री बनेर अगाडि बढिरहेको छ । नर्सिङ्ग केयर, डे केयर, काउन्सिलिङ्ग सेवा, फिजियोथेरापी तथा योग÷प्राणायाम लगायतका सेवासुविधा उपलब्ध गराउँदै आएको अर्किड केयरले सेवाहरु थप गरेको छ । थप सेवाहरूमा एम्बुलेन्स सेवा, होम केयर सेवा (नर्सिङ्ग केयर, फिजियोथेरापी सेवा, मेडिसिन डेलिभरी एट होम र ल्याव), एपोएन्टमेन्ट विथ डक्टर, मेमोरी क्लिनिक (अल्जाईमर डिमेन्सियाको बिरामीहरूका लागि) र डे केयर रहेका छन् ।

संस्कार र सभ्यताका सम्वाहक, समाजका पथप्रदर्शक र राष्ट्रका अमूल्य सम्पत्ति रहेका समाजका वृद्धवृद्धाहरूलाई उक्त सेवा २४ सै घण्टा उपलब्ध हुनेछ । स्थापनापछिको अवधीमा अनेकन आरोह–अवरोहरू पार गर्र्दैै आएको यस संस्था पछिल्लो समय निकै चर्चित बन्दै गएको छ ।  अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको अर्किड केयर होम प्रा.लि. नेपालकै पहिलो संस्था हो । उमेर पुगेका ज्येष्ठ नागरिक (Senior citizen)  हरूलाई ध्यानमा राखेर संस्थाले कार्य गर्दै आएको छ । नर्सिङ्ग केयरदेखि स्वस्थ खानपान, स्वस्थ वातावरण, सफा सुत्ने कोठा, व्यायमशालाजस्ता थुप्रै सुविधा तथा समय–समयमा आयोजना गरिने मनोरञ्जनात्मक कार्यक्रम एवम् वौद्धिक व्यक्तित्वहरूको प्रवचनका कार्यक्रमका कारण यहाँ बस्न चाहने बृद्धबृद्धा र उहाँहरूलाई राख्न चाहनुहुने आफन्त सबैका लागि यो संस्था सदैव तयार रहेको छ ।

वाल्यवस्था, युवावस्था र प्रौढअवस्था पार हुदै बृद्धावस्थासम्म पुग्दा शरीर क्षीण एवम् शक्तिहीन हुन हुदै विभिन्न रोगहरू उत्पन्न भई कष्टकर जीवन विताउन बाध्य बृद्धबृद्धाह ‘स्याहार–सुसारसहितको उपचार र उपचार सहितको स्याहार–सुसार’ सेवा अर्किड केयरले उपलब्ध गराउदै आएको छ । अर्किड केयर होम प्रा.लि ले दिने सेवाहरु

उपचारसहितको नर्सिङ्ग केयर सेवा : न्यूरो र अर्थोपेडिक सर्जरीपश्चात अस्पतालबाट डिस्चार्ज भएपछि बिरामीलाई आवश्यक पर्ने थेरापी सेवा अन्तर्गत यो सेवा दिने गरिन्छ । यो सेवा आवसीय रूपमा दक्ष चिकित्सक र सुरक्षा कर्मीको निगरानीमा २४ सै घण्टा उपलब्ध गराउने गरिन्छ । बिरामीको आवश्यकता अनुसार followup को लागि अस्पताल लैजाने र ल्याउने व्यवस्थाको साथै विरामी वृद्धवृद्धाहरूलाई पहिलो प्राथमिकता दिई यो सेवा प्रदान गर्ने गरिन्छ ।

आवसीय स्याहारसुसार सेवा (Residential Care) : खासगरी अशक्त ज्येष्ठ नागरिकहरू जसले परिवारका सदस्यको अनुपस्थिति वा विविध व्यस्तताको कारणले घरमा स्याहारसुसार गर्ने व्यक्तिको अभावमा स्याहार–सुसार सेवा पाउन सकिरहेका छैनन् र त्यस्ता ज्येष्ठ नागरिकलाई सुरक्षित र शान्त वातावरणमा उनीहरूको आवश्यकताअनुसार लामो र छोटो समयको आवासीय स्याहार–सुसार सेवा दिने गरिन्छ ।

दिवा स्याहार–सुसार सेवा (Day Care) : दिउँसो घरमा रही बृद्धवृद्धाहरूको स्याहार–सुसार गर्न नभ्याउने परिवारका सदस्यहरूलाई उनीहरूको व्यवसायिक व्यस्ततालाई ध्यानमा राखी उनीहरूका आश्रित बृद्धवृद्धाहरूलाई दिउँसोको स्याहार–सुसार सेवा दिने उद्देश्यले यो सेवा प्रदान गरिन्छ ।यो सेवा अन्र्तगत बृद्धवृद्धाहरूलाई परिवारका सदस्यले बिहान ८.०० बजे संस्थामा ल्याई दिनभरीको स्याहार–सुसारको लागि भर्ना गर्ने र बेलुकी ६.०० बजे बुझेर लैजाने गरिन्छ । यो सेवा लिने व्यक्तिलाई दिनभरिका सबै किसिमका स्याहार–सुसार सेवाहरू दिइन्छ । यस्तो सेवाको लागि अविभाकहरूबाट Home Service  को लागि अनुरोध गरेमा संस्थामा ल्याउने र लैजाने यातायातको सुविधा पनि संस्थाले उपलव्ध गराउने गर्दछ ।

फिजियो थेरापी सेवा : यो सेवा Indoor-Outdoor दुवै अवस्थामा दिइने गरिन्छ । विरामीको आवश्यकता र चिकित्सकको सिफारिसअनुसार अनुभवी विशेषज्ञ चिकित्सकबाट यो सेवा दिइन्छ । अन्य यो सेवा आवश्यक पर्ने व्यक्तिलाई बहिरङ्गसेवाको रूपमा पनि प्रदान गरिन्छ ।

काउन्सेलिङ सेवा : बिरामी बृद्धबृद्धालाई सम्झाइ–बुझाई गरी उनीहरूमा धारणात्मक परिवर्तन ल्याई स्वस्थ जीवन विताउन प्रेरणा दिइने गरिएको छ । अनुभवी एवम् मनोवैज्ञानिक विज्ञबाट सबै विरामी बृद्धबृद्धाहरूको आवश्यकतालाई हेरी दैनिकरूपमा यो काउन्सेलिङ सेवा दिने गरिएको छ ।

एम्बुलेन्स सेवा : हरेक प्रकारका विरामीहरूको समस्यालाई मध्येनजर गर्दै प्रारम्भ गरिएको यो सेवाबाट डे केयर र होमकेयर सेवा लिन चाहनुहुने तथा स्याहार–सुसारको क्रममा आइपर्ने अकस्मात समस्याहरूलाई ध्यानमा राखी यसले सेवा पु-याउनेछ ।

होम केयर सेवा : नर्सिङ्ग, फिजियो थेरापी, घरसम्मै मेडिसिन डेलिभरी र ल्याव अन कलको सुविधासहित प्रारम्भर गरिएको यो सेवाले अर्किडमा नआई घरमै बसेर अर्किडको सेवा लिनचाहनुहुनेहरूका लागि हो । हामी घरमै गएर पनि उल्लेखित सेवा दिन सक्षम भएका छौं । एपोएन्टमेन्ट

विथ डक्टर  : अर्किडमा आएर सेवा लिईरहनुभएका वृद्धवृद्धाहरूका साथै इच्चुक सम्पूर्णका लागि तुरुन्तै डाक्टरको सल्लाह चाहिएमा वा उहाँहरूको समस्याअनुसारको परामर्श चाहिएमा त्यसको उचित प्रबन्धका लागि यो सेवा प्रारम्भ गरिएको हो । यसबाट बृद्धबृद्धाबाहेक अन्य नागरिकहरुले पनि उचित लाभ लिन सक्नुहुनेछ ।

मेमोरी क्लिनिक (अल्जाईमर डिमेन्सियाको बिरामीहरूको लागि) : स्मरणशक्ति ह्रास हुँदै गएका विरामीहरुलाई मनोपरामर्शको माध्यमद्वारा विभिन्न प्रकारको उपचार र स्याहार–सुसारको पनि प्रबन्ध मिलाइएको छ ।

यी महत्वपूर्ण उपचारात्मक स्याहारसुसार सेवाको अतिरिक्त विरामी बृद्धबृद्धाहरूलाई वैकल्पिक उपचार पद्धतिकोसमेत प्रयोग गरी स्वस्थ र सुखी जीवन विताउन उत्प्रेरित गर्ने अभिप्रायले एउटा परिपूर्ण स्याहार–सुसार सेवा (A Complete Care Service)   दिनेतर्फ संस्था सधैँ समर्पित रहँदै आएको छ । बिरामी एवम् अशक्त ज्येष्ठ नागरिकहरूलाई शान्त र सुरक्षित वातावरणमा व्यक्तिगत इच्छा र आवश्यकता अनुसारको समयसम्म स्याहार–सुसार सेवा लिन पाउने गरी अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय सेवा प्रदान गरी उहाँहरूलाई स्वस्थ र सुखी जीवन विताउन प्रेरणा दिनु नै अर्किड केयर होम प्रा.लि.को एकमात्र अभिष्ट हो ।

Source: http://www.xpresskhabar.com

To care for those who once cared for us is one of the highest honors

Take care of the elderly people